डेढ वर्षपछि बार्सिलोना घरेलु मैदानमा गोलबिहीन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 205 पटक हेरिएको

बार्सीलोना सन २०१६ को नोभेम्बर यता पहिलो पटक घरेलु मैदानमा भएको ला लिगामा गोल गर्न असफल भएको छ ।

लिग लिडर बार्सीलोना , नोउ क्याम्पमा गएराती भएको खेलमा गेटाफे संग गोल रहित बराबरीमा रोकियो । ४५ औं मिनेटमा लुइस स्वारेजले गोल गरे । तर स्वारेज अफ साइड भएकाले गोलले मान्यता पाएन् ।

५६ औं मिनेटमा पाको अल्कासेरको पासमा स्वारेजको प्रहार पोस्ट नजिकै बाट बाहिरिदा बार्सीलोना अग्रता लिन बाट चुक्यो । ५८ औं मिनेटमा फिलिप कुटिन्हाको प्रहार गेटाफे गोलकिर भिसेन्ट वाइटाले विफल पारिदिए ।

लियोनल मेसीले गोलको राम्रो अवसर गुमाएका थिए । बार्सीलोनाका लागि डेब्यु गरेका यरी मिनाले खेलको अनत्य गरेको हेडर गोलमा परिणत हुन सकेन् ।

गेटाफेले खेल सकिन केही सेकेन्ड बांकी हुदा बार्सीलोना विरुद्ध जीत हात पार्ने सुनौलो अवसर गुमँएको थियो । खेलमा सवैभन्दा बढी गेटाफेका गोलकिपर भिसेन्ट ब्यस्त बनेका थिए ।

बार्सीलोना जारी सिजन पहिलो पटक गोल गर्न असफल भएको हो । यद्यपी बार्सीलोनाको अपराजित यात्रा भने कायमै छ । बार्सीलोना दोस्रो स्थानमा रहेको अट्लेटिको मड्रिड भन्दा सात अंकले अघि छ ।

बार्सीलोनाको २३ खेलबाट ५९ र अट्लेटिकोको ५२ अंक छ । तेस्रो स्थानको भ्यालेन्सियाको ४३ अंक छ । गएरातीनै भएको खेलमा भ्यालेसिन्याले लेभान्टेलाइ तीन एक गोलले पराजित गर्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey