म्यान्चेष्टर युनाइटेड न्यू क्यासलसँग स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 170 पटक हेरिएको

माघ २८ । म्यान्चेष्टर युनाइटेड रेलिगेशन जोनको न्यू क्यासल युनाइटेडसँग पराजित भएको छ ।

न्यू क्यासलको मैदानमा भएको खेलमा दोस्रो स्थानमा रहेको युनाइटेड १–० ले स्तब्ध भएको हो । म्याट रिचीको दोस्रो हाफको गोल निर्णायक बन्दा युनाइटेडले शीर्ष स्थनको म्यान्चेष्टर सिटीसँगको अंकदूरी घटाउने मौका पनि गुमाएको छ ।

पहिलो हाफ गोलरहित बनेको खेलको ६५ औं मिनेटमा रिचीले गोल गरेका थिए ।

जितसँगै न्यू क्यासल युनाइटेड महत्वपूर्ण तीन अंक जोड्दै रेलिगेसन जोनबाट उम्किएको छ । उसले २८ अंक सहित १३ औं स्थानमा उक्लिएको छ ।

म्यान्चेष्टर युनाइटेड भने ५६ अंक सहित दाेस्राे स्थानमा यथावत छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey