सन्दिपको बलिङलार्इ दिल्ली डेयरडेभिल्सले भन्यो – अपत्यारिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 145 पटक हेरिएको

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालका सन्दीप लामिछानले १८ औं ओभरमा लगातार २ विकेट लिँदै कुल ३ विकेट लिए।

विकेट लिएपछि आर्इपीएल टिम दिल्ली डेयरडेभिल्सले अपत्यारिलो भन्दै आफ्नो टि्वटरमा पोस्ट गरेको छ।

सन्दीपले १८औं ओभरमा लगातार २ विकेट हात पारे भने २२औं ओभरमा अर्को विकेट लिए।

उनले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरे।

चौथो बलमा युएइका ब्याट्सम्यानले रन नलिएपछि सन्दीप ह्याट्रिक गर्न चुके।

सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरे।

सन्दीपलाई दिल्लीले दुई साताअघि २० लाख भरुमा आफ्नो टिममा आवद्ध गरेको थियो।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey