एनएनआईपिए अवार्डबाट स्व‍. सुनीललाल जोशी र श्याम चित्रकार सम्मानित हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 182 पटक हेरिएको

माघ २८। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआइपिए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको तयारी पुरा भएको छ ।

विभिन्न ३५ खेलका उत्कृष्ट खेलाडीलाई एकैथलोमा सम्मान गर्नुका साथै एकजना पाका खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी तथा नेपाली खेलकुदमा विशेष योगदान गर्ने एक खेल पत्रकारलाई एनएनआइपिए पत्रकारिता सम्मानको कार्यक्रम भोली टोखा नगरपालिकामा एउटा भव्य समारोहका बीच आयोजना हुदैछ ।

विभिन्न खेलका उत्कृष्ट खेलाडी तथा गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानका लागि पनि पात्रको छनोट समितिले चयन गरिसकेको छ ।

गजराज जोशी आदर्श खेलाडी सम्मानबाट नेपाली खेलकुदमा सबैभन्दा बढि अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवं मुख्य प्रशिक्षक सुनीललाल जोशीलाई मरणोपरान्त सम्मानित गरिने निर्णय भएको छ भने नेपाली खेल पत्रकारिताका धरोहरका रुपमा स्थापित वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकार एनएनआइपिए पत्रकारिता सम्मानबाट सम्मानित हुनुहुनेछ ।

यसैगरी सबै ३५ खेलका उत्कृष्ट खेलाडीको नाम पनि सम्बन्धित खेलको राष्ट्रिय संघले पठाइसकेको छ । गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानका लागि अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दीपक थापा र एनएनआइपिएका निवर्तमान अध्यक्ष दिपक विष्ट सम्मेलित तीन जनाको छनोट समिति गठन गरिएको थियो भने अन्य खेलका उत्कृष्ट खेलाडी सम्बन्धित संघको सिफारिसमा घोषणा गरिने एनएनआइपिएको परम्परा रहँदै आएको यहाँहरुमा जानकारी भएकै हो ।

यस पटक सातौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey