डि गियालाई बेच्दैनौंः माउरिन्हो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 161 पटक हेरिएको

माघ २८ । डेविड डि गिया किन्न दुई बर्षदेखि प्रयास गरिरहेको रियल मड्रिडलाई जोसे मोरिन्होले स्पेनिस गोलकिपर विक्रिका लागि नभएको स्पष्टोक्ति दिएका छन् । रियलको प्रशिक्षण सम्हालिसकेका मोरिन्होले आफ्नो पूर्व क्लबलाई डि गियाका लागि पहुँच नबनाउन चेतावनी समेत दिएका छन् ।

मोरिन्होले डि गिया बेच्नु म्यान्चेष्टर युनाइटेडको ठूलो गल्ति हुने प्रतिक्रिया दिएका छन् ।

‘जुन क्लबले विश्वका उत्कृष्ट खेलाडीहरु आकर्षित गर्न खोजिरहेको छ त्यो क्लबले एउटा उत्कृष्ट गोलकिपर बेच्ला ? यसले कुनै अर्थ राख्दैन ।’ मोरिन्होले भने ।

आउँदो समरमा रियलले आधिकारिक रुपमा डि गियाका लागि युनाइटेडलाई प्रस्ताब अघि सार्ने बुझिएको छ । रियलले डि गियाको विकल्पका रुपमा चेल्सीका थियाबट कट्र्वालाई पनि राखेको छ ।

‘उत्कृष्ट क्लब बन्नका लागि हामीले एलेक्सिस, माटिच, पोग्बा जस्ता खेलाडीलाई अनुबन्ध गरेको अवस्थामा हामीसँग भएका उत्कृष्ट खेलाडीलाई बेच्नु गल्ति हुनेछ ।’ मोरिन्होले थपे ।

दुई बर्षअघि रियल ३० मिलयिन पाउण्डमा डि गिया स्थानान्तरणको नजिक पुगेपनि केही कागजी प्रकृयाको ढिलाईका कारण सफल हुन सकेको थिएन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey