एग्युरो चम्किएपछि म्यान्चेस्टर सिटीले लिसेस्टरलाई ५–१ ले हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 227 पटक हेरिएको

माघ २८ । अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्युरोले ४ गोल गरेपछि लिसेस्टर सिटीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ ।

एग्युरोले पछिल्लो १० खेलमा १३ गोल गर्दै सन् २०१८ मा आफू शानदार लयमा रहेको जनाउ दिइसकेका छन् । त्यस्तै लिसेस्टरबिरुद्धको खेलमा पाँचमध्ये तीन गोलका लागि केभिन डी ब्रुयेनले पास उपलब्ध गराएका थिए । थी दुईको प्रदर्शनले इथिहाड रंगशालामा अरु सबैको प्रदर्शन छायामा पारिदियो ।

खेल सुरु भएको तेस्रो मिनेटमै रमिह स्टिर्लिङले ब्रुयेनको पासमा गोल गरेका थिए । २४औं मिनेटमा डिफेण्डर निकोलास ओटोमण्डीको गल्तिको फाइदा उठाउँदै जेरेमी भर्डीले लिसेस्टरका लागि बराबरी गोल फर्काए ।

तर, दोस्रो हाफ सुरु भएको पाँच मिनेटको बीचमा लिसेस्टरले दुई गोल खायो । ४८ र ५३औं मिनेटमा एग्युरोले गोल गरी अग्रता ३–१ म पु¥याए । र ७७औं र ९०औं मिनेटमा गोल थप्दै ह्याट्रिकसहित ४ गोल गर्दा सिटी ५–० ले विजयी भयो ।

लिगसँगै लिगमा सिटीले १६ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट उसको ७२ अंक भएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर युनाइटडको ५६ अंक छ । उसले १ खेल कम खेलेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey