अत्याधुनिक प्रविधिबाट विक्रमको शल्यक्रिया, ८ महिनामा खेलमा फर्किन्छन्ः डा. पाण्डे

0

माघ २८, काठमाडाै‌ं । थ्रीस्टारका कप्तान तथा रािष्ट्रय टोलीका मिडफिल्डर बिक्रम लामाको खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।

शनिबार दिउँसो बुढासुब्बा गोल्डकप फुटबलको फाइनल खेल्दै गर्दा नलिखुट्टा भाँच्चिएका बिक्रमको काठमाडौंको ग्राण्डी अस्पतालमा अबेर राती अपरेसन सम्पन्न भएको हो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा स्पोर्टस मेडिसिन प्रमुख चक्रराज पाण्डेको टोलीको बिक्रमको सफल शल्याक्रिया गरेको हो ।

शनिबार मध्यरात अपरेसन गरिएको हो । शल्याक्रियापछि डा. पाण्डेले भनेका छन् कि युएस प्लाटिनम प्रबिधिबाट लामाको उपचार भएको छ जुन, अत्याधुनिक प्रविधि हो ।

डा. पाण्डेका अनुसार लामाको खुट्टाको टिविया र फिबुला (ठूलो र सानो हड्डी) दुवै भाँच्चिएको थियो । उनले भने, ‘हामीले फ्क्चर साइटमा सानो सानो प्वाल बनाएर त्यहीबाट नेल हड्डीभित्र छिराएर इन्टरलक गरेका छौं ।’

त्यस्तै फिबुला (सानो हड्डी)मा पनि टाइटानियमको प्लेट लगाएर फिक्स गरिएको डा. पाण्डेले जानकारी दिएका छन् । ‘राष्ट्रिय टिमको जिम्मेबार खेलाडी तथा थ्रीस्टारको कप्तानको हिसावमा हामीले बिक्रमको शल्यक्रिया छिट्टै गर्ने निर्णय लियौं, उहाँको खुट्टा भाँच्चिनुभन्दा अगाडिकै अबस्थामा आइसकेको छ ।’

डा. पाण्डेको टिमले बिक्रमको शल्यक्रियाका लागि २ घण्टा ३० मिनेट समय लगाएको थियो । जसमा कोर अपरेसन भने १ घण्टा ३० मिनेटको थियो ।

६ देखि ८ महिनामा मैदान फर्कन सक्ने

डा. पाण्डेले बिक्रम ६ देखि ८ महिनासम्ममा मैदानमा फर्कन योग्य हुने पनि जानकारी दिएका छन् ।

‘राष्ट्रिय खेलाडीको हकमा रिक्स किन लिने भनेर हामीले हतारमै अपरेसन गरेका हौं, राम्रो भएको छ, भोलिदेखि नै सामान्य टेक्ने थेरापी सुरु गर्छौं ।’ डाक्टर पाण्डेले भने ।

जटिल शल्यक्रिया भए पनि ठूलो घाउ नबनाइएकाले उनी खेलकुदमा फर्कन सक्ने डाक्टर पाण्डेले बताए ।

Post Add 1025X115
Loading...