ह्यारी केनको निर्णायक गोलमा टोटनह्यामले आर्सनललाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 156 पटक हेरिएको

इंग्लिस स्ट्राइकर ह्यारी केनको निर्णायक गोलमा आर्सनललाई पराजित गर्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

उत्तरी लण्डनमा दुई महारथी क्लवबीभ वेम्वलीमा भएको प्रतिस्पर्धामा आर्सनललाई स्तब्ध पार्दै टोटनह्यामले यस सिजन शीर्ष चारभित्र रहने सम्भावनालाई जीवितै राखेको छ ।

पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा बेन डेभिसको क्रसमा आर्सनलका गोलरक्षक पिटर चेक बीट भइसकेको अवस्थामा केनले हेडमार्फत गोल गरेका थिए ।

लिगमा २७ खेलबाट ५२ अंक जोडेको टोटनह्याम अंकतालिकाको तेस्रो स्थानमा उक्लिउको छ । चौथो स्थानको लिभरपुलको ५१ अंक छ भने उसले १ खेल कम खेलेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey