आयोजक कुमारी थी बाई थ्री बास्केटबलको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 354 पटक हेरिएको

माघ २७, काठमाडौं । आयोजक कुमारी स्कुल शनिवार केब्स कप अन्तर स्कुल थ्री बार्इ थ्री बास्केटबल प्रतियोगिताको छात्र क्वाटरफाईनल प्रवेश गरेको छ ।

कुमारी ‘ए’ जीवनतारा स्कुललाई ११–१ ले पछाडी पर्दै क्वाटरफाईनल पुगेको हो ।

त्यस्तै, आयोजक कुमारी सँगै भेनस स्कुल, नवज्योति स्कुल, बुद्धप्रकाश स्कुल र चिल्ड्रेन लिवर्टी छात्र तर्फ अन्तिम आठमा आफ्नो स्थान पक्का गरेका छन् ।

त्यस्तैगरी, युनिभर्सल र बाबा बोर्डिङ्ग छात्रा तर्फ समूह बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । त्यस्तै, समूह उपविजेता बन्दै हिम्स स्कुल पनि अन्तिम चार पुगेको छ ।

नवज्योति स्कुल आयोजक कुमारी र बुद्धप्रकाश स्कुललाई हराउँदै जुनियर ब्वाइजतर्फ सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा काठमाडौंका ३१ बिद्यालयका टोली सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal