प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीकै कृष्णले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 357 पटक हेरिएको

माघ २७, काठमाडौं । प्रधान सेनापति खुला म्याराथनको उपाधि नेपाली सेनाका कृष्ण बस्नेतले जितेका छन् । निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै बस्नेत च्याम्पियन बनेका हुन् ।

शनिबार सैनिक मञ्च टुडिखेलमा आयोजित म्याराथनमा एपीएफ क्लवका गोपीचन्द्र पार्की उपविजेतामा सीमित भए । उनले निर्धारित दूरी २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा पूरा गरे । त्यस्तै सेनाकै राजन खत्री २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

उपाधि विजेता बस्नेतले १ लाख पुरस्कार पाए भने दोस्रो हुने पार्कीले ५० हजार तथा तेस्रो भएका खत्रीले २५ हजार पुरस्कार पाए । उपाधि विजेता बस्नेतले प्रधानसेनापति राजेन्द्र क्षत्रीका तर्फबाट मोटरसाइकल पुरस्कार पाए ।

हाफ म्याराथन पुरुषतर्फ शीर्ष तीन स्थानमा नेपाली सेनाका धावकहरु रहे । गजेन्द्र राईले उपाधि जित्दा रामजी बस्नेत दोस्रो र कल्याण बानिया तेस्रो भए ।

त्यस्तै महिलातर्फआर्मीकै विश्वरुपा बुढा च्याम्पियन बनिन् । आर्मीकै रेशु बस्नेत दोस्रो हुँदा एपीएफकी बिन्द्रा धनुके तेस्रो स्थानमा आइन् ।

दुवै बिधाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः २५ हजार, १५ हजार र १० हजार पुरस्कार पाए ।

४५ वर्षमाथिको हाफ म्याराथन विधामा भीमबहादुर गुरुङ च्याम्पियन बन्दा कपिल भट्ट दोस्रो र दरिनबहादुर खड्का तेस्रो भए ।

त्यस्तै १० किलोमिटरतर्फ महिला र पुरुष दुवैतर्फ सेनाकै धावकहरु शर्ष तीनभित्र रहे । पुरुषतर्फ राकेश नेपाली, भुपाल अधिकारी र मधु थापा क्रमसः पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फकरिस्मा प्रधान, मिनाकुमारी बस्नेत र रेखा अधिकारी क्रमसः पहिलो, दोस्रो र तेस्रो भए ।

प्रतियोगिताको म्याराथन तर्फ३२३ धावकसहित जम्मा ३ हजार १९० धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal