हिटिङ सिस्टमको पौडी पोखरीको काम सुरु, तोकेको समयै सकिन्छ- पौडी संघ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 380 पटक हेरिएको

सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एशियाली खेलकुद सागसम्म तयार पार्ने योजनाका साथ यतिबेला सातदोबाटोमा रहेको अन्तराष्ट्रिय पौडी पोखरीको छेउमा हिटिङ सिस्टमको पौडी पोखरीको काम अगाडी बढीरहेको छ ।

पुर्वाधारको अभावका कारण मौसमी खेलका रुपमा रहेको पौडीलाई बार्है खेल्नयोग्य बनाउन पहिलो पटक नेपाल सरकार र नेपाल पौडी संघको लगानीमा हिटिङ सिस्टमको पौडी पोखरीको निर्माण भइरहेको छ । नेपालमा पौडी खेल भन्ने वितिक्कै सिजनेवल खेलका रुपमा लिइन्छ । गर्मि याम हुदा राष्ट्रिय प्रतियोगिताहरु हुने तर जाडो याममा पौडी प्रतियोगिता देखि खेलाडीले पनि प्रशिक्षणका लागि निकै कठिनाई भोग्दै आएका छन ।

तर पौडी खेलाडीलाई १२ महिना नै प्रशिक्षण गर्न सजिलो होस र प्रतियोगिताहरु पनि बर्षभरी नै गर्न सकियोस भनेर यतिबेला हिटीङ पुलको निर्माण सुरु भएको छ । सातदोबाटो स्थित अन्तराष्ट्रिय पौडी पोखरीको छेउमा गत असोज महिनामा सिलन्यास गरिएको पौडी पोखरीको अहिले बेस ढलानको काम भएको छ ।

 

कुल २२ करोड रुपैया लगानी हरेको पौडी पोखरीमा संघले २० प्रतिशत र बाकि नेपाल सरकारको लगानी रहेको छ ।  नेपाल पौडी संघका अध्यक्ष, अशोक बज्राचार्यले २०१९ को फेब्रेवरीको अन्तिमसम्ममा टेकेदारले संघलाई हस्तान्तरण गर्ने र मार्चमा हुने सागका लागि पौडी पोखरी तयार हुने बताए ।

 

 

पाँच रोपनी क्षेत्रफलमा रहेको यो पौडी पोखरी २५ मिटर लामो हुनेछ । अन्तराष्ट्रिय स्तरको मापदण्ड हुने पौडी पोखरीको समयमै निर्माण काम सम्पन्न भएमा पौडी खेलाडीका लागि ठुलो राहत हुने देखिएको छ ।

हिटिङ पौडी पोखरी नुहदा पौडी संघलाई पनि प्रतियोगिता आयोजनाका लागि निश्चित समयमा गर्नुपर्ने दबाव रहदै आएको छ । यतिमात्र होइन खेलाडीले पनि अफसिजनमा प्रशिक्षण गर्नुपरेमा नेपालमा असम्भव जस्तै हुने गरेको छ ।
त्यसका लागि लाखौ रुपैया खर्च गरेर बैदेशिक प्रशिक्षणका लागि जानुपर्ने बाध्यता छ । यति यो पौडी पोखरी विचमा नै अलपत्र नपरे नयाँ खेलाडी उत्पादनमा पनि ठुलो सहयोग मिल्नेछ ।

फोटो फिचर

 

 

 

 

 

 

 

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey