बिसीसीआइले विश्वकप आयोजनाको मौका गुमाउनसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 157 पटक हेरिएको

भारतीय क्रिकेट बोर्डको कर छलिको घटनाले बिसीसीआईलाई ठुलो घाटा लाग्ने देखिएको छ । आइसीसीको पछिल्लो निर्णय अनुसार भारतले दुई ठुला प्रतियोगिता आयोजनाको मौका गुमाउने सम्भावना बढेको छ ।

भारतले २०२१ को च्याम्पियन्स ट्रफि र २०२३ को एकदिवसिय विश्वकप आयोजना गर्ने निधो आइसिसीले यसअघि गरेपनि पछिल्लो पटक यसको विकल्प खोजिरहेको छ ।

भारतीय सरकारले बिसीसीआईमा आइसीसीबाट आएको फन्डको कर छलि गरेको आरोप लगाएको थियो । जसका कारण बिसीसीआईले एक सय मिलियन अमेरीकी डलर गुमाउने भएको छ ।

च्याम्पियन्स ट्रफि आउन अझै तीन बर्ष बाकि रहेपनि २०१६ मा भएको टी–२० विश्वकपका ट्याक्स अझै चुक्ता हुन सकेको छैन । जसका कारण आइसीसीले २० देखि ३० मिलियन अमेरीकी डलर घाटा ब्यहोरेको थियो ।

सो बेला स्टार इन्डियाले आइसीसीको मिडिया अधिकार किनेवापत १० प्रतिशत ट्याक्स तिरेपनि भारतीयर सरकारले आइसीसीलाई रकम निकासाका लागि अस्विकार गर्दै आएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey