माघ २६, काठमाडौं । नेपाल आईटिएफ जुनियर अण्डर १८ गल्फ सर्किट वान अन्तर्गत पुरुष डबल्सको उपाधि ताईयो हिरानो र चिया फान साओ को जोडीले जितेको छ ।
सातदोबाटो स्थित टेनिस कोर्टमा आज भएको फाइनलमा हिरानो र साओको जोडीले चीनका वेनमाओ लि र याङ स्वानको जोडीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । जापानका हिरानो र ताइपेईका साओको जोडीले ६–२ र ६–१ को सेटमा जित हात पारेको थियो ।
महिला डबल्स तर्फको खेलमा हंकङकी चुकेई लुङ र भारतकी सान्या सिंहको जोडीले भारतका स्मृति भासिन र रुदया शाहको जोडीलाई ६–० र ७–५ को सेटमा जित हात पार्दै उपाधि जिते ।
पुरुष सिंगल्स तर्फ जापानका ताइयो हिरानो र चीनका चिया फान साओ फाइनलमा पुगेका छन् । हिरानोको भारतका अनुराग अग्रवाललाई हराए भने साओले जापानका ताइसेई कागेमामालाई हराए ।
महिला सिंगल्स तर्फ चिनकी यिमिङ दाङ र अमेरिकाकी रुतुजा च्यापह्याल्कर फाइनलमा पुगे ।