डिभिजन टू: नेपालले दियो १३९ रनको झिनो लक्ष्य

0

माघ २६ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को दोस्रो खेलमा नेपालले ओमानलाई १३९ रनको लक्ष्य दिएको छ ।

नामिवियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४६ ओभरमा १३८ रनमा अलआउट भयो ।

नेपालको ब्याटिङ आज पनि निकै कमजोर रहयो । नामिविया विरुद्धकै प्लेइङ सेटलाई उतारेको नेपालले १० रन हुँदा पहिलो विकेट गुमायो ।

त्यसपछि नेपालले ५६ रन बनाउदा महत्वपुर्ण चार विकेट खेर फाल्यो । दिलिप नाथले १९ रन बनाउदा कप्तान पारस खड्का १७ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्लले सात तथा आरिफ शेखले ६ रन मात्र बनाए । त्यसपछि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले नेपालको पारीलाई सम्हाल्न खोजेका थिए ।

तर दिपेन्द्र २० रनमा पेभेलियन फर्किएपछि नेपालले ९२ रनमा पाँच विकेट गुमायो । त्यसपछि नेपालले अरु १९ रन जोडदा थप दुई विकेट गुमायो ।

शरद भेषवाकर २२ रनमा आउट हुँदा नामिवियालाई हराउदा नायक बनेका बसन्त रेग्मी एक रनमा आउट भए ।

त्यसपछि रोहित पौडेल १४ रनमा आउट भएपछि नेपालले एक सय २३ रनमा आठ विकेट गुमायो ।

अन्तिममा सोमपालले नेपालका लागि १७ रन थपे ।

बलिङतर्फ कलिमुल्लाह एक्लैले ४ विकेट लिए भने विलाल खानले २ विकेट हात पारे ।

Post Add 1025X115
Loading...