नामिवियामाथि नेपालको कठिन जित, बसन्तको संघर्षपुर्ण पारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 163 पटक हेरिएको

माघ २५ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को पहिलो खेलमा नेपालले घरेलु टिम नामिवियालाई एक विकेटको झिनो अन्तरले हराएको छ ।

बसन्त रेग्मीले अन्तिम समयमा सम्हालिएकाे प्रदर्शन गरेपछि बर्षाले प्रभावित खेलमा नेपालले १ विकेटकाे संघर्षपूर्ण जित हात पारेकाे हाे ।

खेलकाे अन्तिम समयमा निकै दबाबमा रहेकाे नेपालका लागि बसन्तले २४ बलमा २४ रन बनाएर नेपाललार्इ जीत दिलाए । उनले २ चाैका र १ छक्का प्रहार गरेका थिए ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ३४‌‍.२ ओभमा १३८ रनमा अलआउट भयो । नेपालको कसिलो बलिङसामु नामिबिया सुरुवात देखि नै दबावमा रह्यो । सुरुवात देखि नै दबाबमा परेकाे नामिवियाका लागि अाेपनर जाेडीले राम्राे खेल्न सकेनन् ।

फलस्वरुप नामिवियाले ३ रन जाेड्दा पहिलाे र २३ रन बनाउँदा दाेस्राे विकेट लिएकाे थियाे । अाेपनरद्वय स्टेफेन बार्ड (१८) र लुइस भान डर वेष्टहुजेन (१) लार्इ साेमपाल कामीले पवेलिएनकाे बाटाे देखाए ।

नामिवियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । तर उनी ८० रनकाे अवस्थामा सन्दिप लामिछानेकाे बलमा अाउट भएपछि नामिवियाले ४ विकेट गुमाएकाे थियाे । यस अघि जेन ग्रिनले २२ रन बनाएका थिए ।

त्यसपछि लगातार विकेट गुमाएकाे नामिवयाका लागि जेन फ्रेलिङकले १२ रनकाे याेगदान दिए ।  लाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौ विकेट गुमायो । नामिवियाका अन्य खेलाडीकाे प्रदर्शन खराब रह्याे ।

नामिवियालार्इ सस्तैमा समेट्नका लागि सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे । ८ अाेभर बलिङ गर्दै सन्दिपले २.१६ काे इकाेनाेमीमा ४ विकेट लिए । उनले २ मेडन समेत राखेका थिए ।

सोमपाल कामी ३ विकेट लिए भने पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिए ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले कठिन जित हात पार्यो । नेपालले चार बल बाँकी हुदा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । नेपालले खाता खोल्न नपाउँदै दिलिप नाथ आउट भए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए ।

तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । लन्च लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो । आरिफ शेख खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरीपनि मात्र ६ रनमा आउट भएपछि नेपालले ५० रनमा पाँच विकेट गुमायो । लगत्तै करण केसी पनि ३ रनमा आउट भएपछि नेपालको ब्याटिङ निकै दबावमा आएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक २९ रन बनाए ।

पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेका रोहित पौडेल १७ रनमा आउट भएपछि नेपालले १०४ रनमा ८ विकेट खेर फाल्यो । नेपालको स्कोर १२१ रन हुदा सोमपाल कामी १३ रनमा आउट भएपछि नेपालले नवौ विकेट गुमायो । अन्तिममा बसन्त रेग्मीले अविजित २४ रन बनाएपछि नेपालको जित सम्भव भएको हो ।

म्यान अफ द म्याच सन्दिप लामिछाने घोघो भए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey