नामिविया विरुद्ध ४ विकेट लिएका सन्दिपलाई दिल्ली डेयरडेभिल्सले के भन्यो ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 149 पटक हेरिएको

माघ २५ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नामिवियालाई सस्तैमा आउट गर्न उत्कृष्ट बलिङ गरेका सन्दिपलाई इन्डियन प्रिमियर लिग आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बधाई दिएको छ ।

नामिविया विरुद्ध ४ विकेट लिएका सन्दिपका बारेमा आइपिएल टिम दिल्लीले आफनो ट्विटरमा उत्कृष्ट बलिङ गरेको भन्दै बधाई दिएको हो ।

केहि साता अगाडी भएको आईपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैंयामा टिममा अनुबन्ध गरेको थियो ।

नामिवियाको पारीलाई ध्वस्त बनाउन सन्दिपले ८.२ ओभर बलिङ गरेर २ ओभर मेडेन राख्दै १६ रन खर्चेर ४ विकेट लिएका थियो ।

सन्दिप लामिछाने आईपिएलमा अनुबन्ध भएपछि सबैको ध्यान उनको प्रदर्शनमा रहेको छ । त्यसमा पनि सन्दिपले आईपिएल खेल्न पाउछन कि पाउदैनन् भनेर सबैमा कौतुहलता जागेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal