डिभिजन-२: नेपाललाई १३९ रनको लक्ष्य, सन्दिपले लिए ४ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 172 पटक हेरिएको

माघ २५ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को पहिलो खेलमा नेपालले घरेलु टिम नामिवियाबाट १३९ रनको लक्ष्य पाएको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ३४‍‍.२ अाेभरमा  खेल्दै १३८ रनमा अलआउट भयो ।

नेपालको कसिलो बलिङसामु नामिबिया सुरुवात देखि नै दबावमा रह्यो । ३ रन हुँदा नेपालले पहिलो विकेट झरेकाे नामिवियाले २३ रन हुँदा दाेस्राे विकेट पनि गुमायाे । नेपालका लागि सुरुवाती २ विकेट साेमपाल कामीले दिलाएका थिए ।

घरेलु मैदानमा उसको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो विकेट झार्यो । बसन्त रेग्मीले जिन पिएरे काेट्जीलार्इ ब्यक्तिगत ९ रनमा अाउट पारेका थिए ।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिप लामिछानेले  एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए ।

नामिवियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लियाे । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिँदै आउट गरे ।

लगत्तै सन्दिपले नामिबियाका कप्तान बर्गेरलाई आउट गरेपछि नेपालले छैटौं सफलता हात पारयो । नामिवियाको पारीलाई सम्हाल्न खोजिरहेका जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौं विकेट गुमायो ।

त्यसपछि नामिवियाको १३२ रन हुदा ८ विकेट झर्यो । जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए । बलिङ तर्फ सोमपाल कामी ३ र सन्दिप लामिछानेले समान ४ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey