डिभिजन २ मा नेपाल र नामिविया भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 227 पटक हेरिएको

माघ २५  । विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत नेपालले आज पहिलो खेल घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ ।

एफिस पार्कमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा १ बजेबाट सुरु हुनेछ ।

नेपालले सन् २०१५ मा भएको डिभिजन टू मा तीन विकेट, सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतका दुई खेलमा ५ विकेट र ३ विकेटले नामिबियालाई पराजित गरेको थियो ।

प्रतियोगितामा आईसीसी डिभिजन थ्री बाट बढुवा भएर आएका क्यानडा र ओमन तथा नेपालसँगै आइसीसी वल्ड क्रिकेट लिग च्याम्यनसिपबाट घटुवा भएर आएका केन्या, संयुक्त अरब इमिरेट्स र नामिबिया सहभागी छन ।

प्रतियोगिता अन्र्तगत नेपालले शुक्रबार ओमनसँग, ११ तारेखमा संयुक्त अरब इमिरेट्ससँग, १२ तारेखमा केन्या र १४ तारेखमा लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ । लिग चरणका खेलबाट शीर्ष दुईमा परेमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागी हुन पाउनेछ । जिम्बाब्बेमा हुने विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन् । १० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोलीसन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुनेछन् ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal