डिभिजन २ मा पारसको कप्तानी प्रदर्शन कस्तो थियो ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 252 पटक हेरिएको

माघ २४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सफल कप्तान पारस खड्काको प्रदर्शनमा जहिले पनि नेपाली क्रिकेट टिम केही न केही रुपले अडिएको हुन्छ ।

टिमको कप्तानी सम्हाले यता पारसले नेपाललाई डिभिजन ५ बाट टी–२० विश्वकप क्रिकेटसम्मको यात्रा तय गराए ।

मिस्टर पर्फेक्टका रुपमा चिनिने पारस ब्याटिङमा नचलेपनि त्यसको भरपाई बलिङबाट गर्ने गर्छन । अलराउण्डर पारसले २०१५ मा नामिवियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई शिर्ष दुई स्थानमा पुर्याउन नसकेपछि शिर्ष चारमा राख्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट गराए ।

तर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा राम्रो नगरपछि नेपाल पुन डिभिजन २ मा झरेको छ । २०१५ मा नामिवियामा नै भएको डिभिजन २ मा आफनो ब्याटिङ र बलिङबाट जादु चलाएका पारस म्यान अफ दी सिरीज बनेका थिए ।

यसपटक उनको प्रदर्शन कस्तो हुने हो ? र टिम विश्वकप छनोटका लागि शिर्ष दुईमा पर्न सक्ने हो की होइन त्यो सबैको कौतुहलको विषय बनेको छ । सो बेला उनले कुल ६ खेलमा १८५ रन बनाएका थिए ।

जसमा उनको सर्वाधिक स्कोर ७७ रन रहेको थियो । पारसको ब्याटिङ एभरेज ३० दशलमव ८३ रहेको थियो भने उनले प्रतियोगितामा कुल २० चौका प्रहार गर्दा ६ छक्का हिर्काएका थिए ।

कस्तो थियो पारसको ब्याटिङ

पारस खड्काको कप्तानीमा २०१५ मा नेपाली टिम पहिलो खेलमा उत्रिएको थियो, युगान्डा विरुद्ध, सो खेलमा पारसले मात्र ५ रन बनाउदा ३ विकेट हात पारेका थिए । १४६ रनको लक्ष्य पक्ष्याएको नेपाल मात्र १४४ रन बनाउदा २ रनको झिनो अन्तरले हरायो ।

दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थियो नेदरल्याण्ड, जसमा नेपालले नेदरल्याण्डलाई २ विकेटले हराउन सफल भयो । यो खेलमा पारसले १९ रन बनाउदा २ विकेट लिएका थिए ।

तेस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले हराउदा कप्तानको ब्याटिङबाट उत्कृष्ट पारी निस्किएको थियो । सो खेलमा म्यान अफ द म्याच बनेका पारसले ७७ रन बनाउनुका साथै १ विकेट पनि लिएका थिए ।

चौथो नामिवियालाई ३ विकेटले हराउदा कप्तान पारस खड्काले ६४ रन बनाउदै म्यान अफ द म्याच बनेका थिए ।

त्यसपछिको अर्को खेलमा नेपाल उत्रिएको थियो केन्यासंग जसमा नेपालले केन्यालाई ५ विकेटले पाखा लगाएको थियो । सो खेलमा पारसले २० रन बनाएका थिए ।

प्रतियोगिताको अन्तिम खेल जुन तेस्रो स्थानको प्लेअफका लागि केन्या विरुद्ध भएको थियो । सो खेलमा भने नेपालका कप्तान पुर्ण रुपमा चुक्न पुगे ।

ब्याटिङमा शुन्य रनमा आउट भएका पारसले बलिङमा पनि विकेट लिन सकेनन । जसका कारण नेपाल केन्यासंग १४ रनले पराजित हुदै चौथो स्थानमा रहयो ।

२०१५ को डिभिजन २ मा पारसको ब्याटिङ र बलिङ

यो त भयो डिभिजन टु मा नेपाली कप्तान पारस खड्काले दिलाएको सफलता, अब यसपटक पनि कप्तानको काधमा नेपाली टिमको भविष्य अडिएको छ ।

पारस आफैपनि राम्रो क्रिकेट खेलमा विश्वकप छनोट खेल्न सजिलो रहेको बताउदै आएका छन । तर नामिवियाको मैदानले नेपाली खेलाडीलाई कतिको साथ दिने हो त्यो भने हेर्न बाकि छ ।

नेपालको ब्याटिङले यसपटक कतिको साथ दिने हो त्यो पनि प्रतियोगिता सुरु भएपछि थाहा हुनेछ । नेपालको पहिलो प्रतिद्धन्द्धी नै नामिविया रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey