८-१ को भारी जितसँगै स्वान्सी एफ ए कपको पाँचौ चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 175 पटक हेरिएको

ब्रमिङघमलाई पराजित गर्दै हडल्सफिल्ड एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । यस्तै स्वान्सीले नोट्स काउन्टेलाई ८–१ को भारी अन्तरले हराउदै पाँचौ चरणको यात्रा पक्का पारयो ।

ब्रमिङघममा भएको खेलमा हडल्र्सफिल्डले घरेलु टिमको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको ५२ औ मिनेटमा एडम्सको गोल मार्फत घरेलु टिमले अग्रता बनाएको थियो । तर ६० औ मिनेटमा ब्रमिङघमका मार्क रोवर्टसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

निर्धारीत ९० मिनेटमा दुबै टिमबाट गोल नभएपछि अतिरीक्त समयमा धकेलिएको खेलमा हडल्सफिल्डले तीन गोल थप्यो । जसका कारण उसले पाचौ चरणमा पुग्न सफल भयो ।

पाँचौ चरणमा हडल्सफिल्डले म्यानचेस्टर युनाईटेडसंग खेल्नेछ । अर्को खेलमा स्वान्सीले नोट्स काउन्टेलाई आठ एकको भारी अन्तरले हरायो । उसका जितमा केभिन अब्राहम र नाथन डेरले दुई दुई गोल गरे । एफ ए कपमा स्वान्सीले विपक्षीलाई भारी गोलले हराउने किर्तीमान पनि बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey