न्यू डायमण्ड च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 981 पटक हेरिएको

माघ २३, काठमाडौं । न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक न्यू डायमण्ड एकेडेमीले जितेको छ ।

गोंगबु स्थित नयाँ बसपार्कमा सम्पन्न प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी एपीएफलाई ३–१ सेटमा हराउँदै न्यु डायमण्डले उपाधि जितेको हो ।

फाइनलको सबै खेलमा टक्कर कडा भएको थियो । पहिलो सेटमा सशस्त्र प्रहरी बल २४–२६ ले विजयी भएको थियो । दोस्रो सेटमा कमब्याक गरेको न्यू डायमण्डले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा न्यू डायमण्ड २८–२६ ले विजयी हुँदै खेलमा २–१ के अग्रता लियो ।
चौथो सेटमा पनि न्यु डायमण्ड २५–२३ ले विजयी हुँदै उपाधि हात पा¥यो ।

न्यू डायमण्डकी प्रतिभा माली प्रतियोगितकै सवोत्कृट खेलाडी घोषित भइन् ।

यस्तै विधागत तर्फ पनि न्यू डायमण्डकै वर्चश्व रह्यो । ललिता नाथ उत्कृष्ट क्वीकर, पनामिका राई उत्कृष्ट सर्भर, सविना श्रेष्ठ उत्कृष्ट लिब्रो, कृपा अधिकारी उत्कृष्ट सेटर र कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकरमा एपीएफकी सरस्वती चौधरी र उत्कृष्ट ब्लकरमा आर्मीकी संगम महतो चुनिए ।

उपाधिसँगै न्यू डायमण्डले १ लाख ५१ हजार पाएको छ भने उपविजेता एपीएफले १ लाख १ हजारमा चित्त बुझाएको छ ।

तेस्रो भएको आर्मीले ५१ हजार पायो । तेस्रो स्थानको प्लेअफमा आर्मीले पोखराको टप्स स्कुललाई हराएको थियो । चौथो भएको टप्सले पनि २१ हजार पायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey