थ्रीस्टार बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा, निराजनको ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 143 पटक हेरिएको

माघ २३, सुनसरी । निराजन खड्काले ह्याट्रिक गरेपछि सुदूरपश्चिम ११ लाई हराउँदै थ्रीस्टार धरानमा जारी बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

धरान रंगशालमा मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा थ्रीस्टारले सुदूरपश्चिम ११ लाई ४–० ले हरायो ।

सुदूरपश्चिमलाई खेलभरी नै दबाबमा राखेको थ्रीस्टारले पहिलो हाफमा नै दुई गोल गरेको थियो ।

खेल सुरु भएको सातौंं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा सुनिल बलले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा थ्रीस्टारले दुई गोल थप्यो । ५४औं मिनेटमा रञ्जित धिमालको पासमा निराजन खड्काले ब्यक्तिगत दोस्रो गोल गरे ।
इन्ज्युरी समयमा सुदूरपश्चिमका डिफेन्डरले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई निराजनले गोलमा परिणत गर्दै ह्याट्रिक पुरा गरे ।

अब सेमिफाइनलमा थ्रीस्टारले भारतको दूर्गापुर स्टिल्सको सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey