फागुन १ गतेबाट देशका ९ स्थानमा कलेज प्रिमियर क्रिकेट हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 313 पटक हेरिएको

नेपालय इन्टरनेश्नलको आयोजनामा फागुनको एक गतेबाट देशका विभिन्न नौ स्थानमा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

अघिल्लो बर्ष देशका भिन्न जिल्लामा स्कुल क्रिकेट लिगको आयोजना गरेको नेपालयले यसपटक एक्सपर्ट एडुकेसनको मुख्य प्रायोजनमा कलेज प्रिमियर लिग गर्न लागेको हो ।

फागुन एक गतेबाट सुरु हुने प्रतियोगिता फागुनको २९ गते सकिनेछ । यो विचमा काठमाडौ लगायत, पोखरा, भैरहवा, चितवन, विर्तामोड, इटहरी, दाङ, नेपालगञ्ज र धनगढीमा प्रतियोगिता हुनेछ ।

हरेक स्थानमा १६ वटा कलेजले सहभागिता जनाउने आयोजकले बताएका छन । प्रतियोगितामा कुल एक सय ५० कलेजको सहभागिता रहने ठहर आयोजकको छ ।

एउटा कलेजलाई प्रतियोगितामा सहभागिताका लागि १५ देखि २० हजार रुपैया दर्ता सुल्क तोकिएको छ । जसमा आयोजकले टिमका खेलाडीलाई ड्रेस उपलब्ध गराउनेछ ।

प्रतियोगिताको विजेता उपविजेताका साथै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको ब्यवस्था गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता टी टवान्टी फरम्याटमा हुनेछ ।

प्रतियोगिताको कुल लागत एक करोड ३० लाख रुपैया अनुमान गरिएको छ । अन्डर नाइन्टिन खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेलोस भनेर यो प्रतियोगिता गर्न लागेको नेपालय इन्टरनेश्नलका प्रवन्ध निर्देशक सुवास प्रधानले बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey