३३ लागेका रोनाल्डाेका ३३ तथ्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 234 पटक हेरिएको

रियल मड्रिडका पोर्चगिज सुपरस्टार सोमबारदेखि ३३ वर्ष लागेका छन् । करिअरको उत्तरार्धतिर लागेका रोनाल्डो २१औं शताब्दीमा विश्व फुटबलले पाएको सबैभन्दा उत्कृष्ट खेलाडीमध्येका एक हुन् ।

पोर्चुगलको स्पोर्टिङ क्लव हुँदै सर एलेक्स फर्गुसनको म्यान्चेस्टर युनाइटेड र सन् २००९ यता रियल मड्रिडमा आएका रोनाल्डोले व्यवसायिक जीवनमा धेरै कीर्तिमान बनाएका छन् ।

३३ वर्ष लागेका रोनाल्डोका बारेमा हामीले ३३ तथ्य तयार पारेका छौं, जसबारे तपाईहरु अनभिज्ञ हुन सक्नुहुन्छ ।

१. क्रिष्टियानो रोनाल्डोले ला लिगाको २७४ खेलमा अहिलेसम्म २९४ गोल गरेका छन् । उनी ला लिगाको इतिहासमै धेरै गोल गर्ने दोस्रा खेलाडी हुन् ।

२. रोनाल्डोले पोर्चुगल, इंग्ल्याण्ड र स्पेनबाट फुटबल खेले । यी स्ट्राइकरले आफूले खेलेका २ प्रतियोगितामा भने अहिलेसम्म गोल गर्न सकेनन् । एउटा इंग्ल्याण्डको कम्युनिटी शिल्ड, अर्को युरोपा लिग । कम्युनिटी शिल्डमा उनले एउटा मात्र खेल खेलेका छन् भने युरोपा लिगमा २ खेल खेलेकोमा दुवैमा गोलबिहीन भए ।

३. रोनाल्डोले आफ्नो करिअरमा ९९ पटक दोहोरो गोल गरेका छन् । रियल मड्रिडबाट ७३, म्यान्चेस्टर युनाइटेडबाट २५ र स्पोर्टिङ पोर्चुगलबाट एक पटक दोहोरो गोल गरेका छन् ।

४. पोर्चुगलका सर्बाधिक गोलकर्ता रोनाल्डोले १४७ खेलमा ७९ गोल गरेका छन् ।

५. तथ्यांक हेर्दा रोनाल्डोको मनपर्ने प्रतिस्पर्धी सेभिया हो । सबै प्रतियोगितामा गरी रोनाल्डोले सेभियाबिरुद्ध अहिलेसम्म १८ खेलमा २७ गोल गरेका छन् ।

६. रियल मड्रिडको इतिहासमा डी स्टेफानो, राउल, पुस्कास र सान्टिलानापछि रोनाल्डोले सर्बाधिक गोलकर्ताको नाम लेखाएका छन् । उनले अहिलेसम्म रियलका लागि ४२१ खेलमा ४२७ गोल गरेका छन् ।

७. तथ्यांक अनुसार एथ्लेटिको बिल्बाओका पूर्व गोलरक्षक तथा अहिलेका जिरोनाका गोलरक्षक गोर्का इराइजोजलाई रोनाल्डोले आतंकित पारेका छन् । गोर्काबिरुघ १४ खेलमा उनले १५ गोल गरेका छन ।

८. क्लव स्तरका प्रतियोगितामा रोनाल्डोले १३ पटक फाइनल खेलेका छन् र ती खेलमा ११ गोल गरेका छन् ।

९. स्पेनिस पत्रिका मार्काले ला लिगाका उच्च गोलकर्तालाई प्रदान गर्ने पीचीची अवार्ड रोनाल्डोले तीन पटक जितेका छन् । सन् २०१०/११, २०१३/१४ र २०१४/१५ को सिजनमा उनले यो उपलब्धि हासिल गरेका थिए ।

१०. मेस्सीकै बराबरीमा रोनाल्डोले पाँच पटक फिफा बेलोन डि’ओर जितेका छन् । ती पटक बेलोन डि’ओर र लगातार दुई पटक फिफा बेष्ट प्लेयरका रुपमा

११. सन् २००७/०८ को सिजनयता रोनाल्डो च्याम्पियन्स लिगमा ६ पटकसम्म सर्बाधिक गोलकर्ता बनेका छन् ।

१२. सन् २०१४/१५ को सिजनमा रोनाल्डोले करिअरकै सर्बाधिक ६१ गोल गरे । सन् २०११/१२ को सिजनमा ६० गोल गरेका थिए ।

१३. सन् २००७/०८ को सिजनयता रोनाल्डोले लगातार १२ सिजन २० भन्दा बढी गोल गरेका छन् । त्यसबीचमा उनले एक सिजनमा गरेको सबैभन्दा थोरै गोल संख्या २३ हो । जारी सिजन पनि उनले २१ गोल गरिसकेका छन् ।

१४. रोनाल्डोलाई उनका बिरोधीहरुले ‘पेनाल्डो’ भन्ने गर्छन् । हुन पनि ला लिगामा रोनाल्डो सबैभन्दा धेरै पेनाल्टीमा गोल गर्ने खेलाडी हुन् । उनले ९० पेनाल्टीमा ७७ गोल गरेका छन् ।

१५. रोनाल्डो फ्रीकिकमा पनि माहिर मानिन्छन् । अहिलेसम्म रोनाल्डोले ५३ पटक डाइरेक्ट फ्रीकिकमा गोल गरेका छन् । जहाँ पोर्चुगलबाट ७ र रियल मड्रिडमा ३३ गोल सम्भब छ ।

१६. रोनाल्डोको अहिलेसम्मको करिअरमा १०७ पटक हेडमार्फत गोल गरेका छन् । जसमध्ये रियल मड्रिडबाट ६५ गोल गरेका छन ।

१७. रोनाल्डोले अगष्ट १४, २००२ मा पोर्चुगलको स्र्पोटिङ क्लवबाट डेब्यू गरेका थिए । त्यस खेल गोलरहित बराबरीमा सकिएको थियो र त्यतिबेला उनी मात्र १७ वर्षका थिए ।

१८. रोनाल्डो च्याम्पियन्स लिग इतिहासमा १०० गोलको आँकडा पार गर्ने पहिलो खेलाडी हुन् । अहिले उनले ११५ गोल गरिसकेका छन् । जसमध्ये रियल मड्रिडका लागि मात्रै उनले ९९ गोल गरेका छन् ।

१९. रियल मड्रिडबाट सन् २०१४/१५ को सिजनमा रोनाल्डोले लगातार १० खेलसम्म १९ गोल गरेका छन् । जुन रियलका खेलाडीको हकमा कीर्तिमान हो ।

२०. रोनाल्डोले १७ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । काजाखस्तानबिरुद्धको खेलयता उनी निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

२१. रोनाल्डोले दुई पटक एकै खेलमा ५ गोल गरेका छन् ।

२२. रोनाल्डो दायाँ बायाँ दुवै खुट्टा चलाउँछन् । तर, तथ्यांकले के देखाउँछ भने उनको दायाँ खुट्टा बढी उपयोगी छ । उनले आफ्नो करिअरमा ३३१ गोल दायाँ खुट्टाले गरेका छन् ।

२३. रोनाल्डो र मेस्सी २१औं शताब्दीका महान खेलाडी हुन भनेर भनिरहनु परोइन । उनीहरु अहिलेसम्म ३४ पटक आमने सामने भएका छन् । ती खेलहरुमा मेस्सीले २० गोल गरेका छन् भने रोनाल्डोले १८ गोल गरेका छन् ।

२४. रोनाल्डोले आफ्नो करिअरमा ६ पटक रेड कार्ड पाएका छन् । अन्तिमपल्ट स्पेनिस सुपरकपको पहिलो लेगमा उनले रेड कार्ड पाएका थिए ।

२५. रोनाल्डोले करिअरमा ४ पटक जर्सी नम्बर परिवर्तन गरेका छन् । सीआर सेभेनको उपमा पाउनुअघि उनले १७, ९ र २८ नम्बरको जर्सी प्रयोग गरेका थिए ।

२६. रोनाल्डोले रियल मड्रिडबाट फ्रेन्च टिममेट करिम बेञ्जिमासँग ३२९ खेल सँगै खेलेका छन् ।

२७. अक्टोबर ७, २००२ मा रोनाल्डोले पहिलो गोल गरेका हुन् । स्पोर्टिङ क्लवबाट लिग खेलमा मोरिरेन्सबिरुद्ध गोल गरेका थिए । त्यस खेलमा रोनाल्डोले २ गोल गरेका थिए ।

२८. रोनाल्डोले आफ्नो करिअरमा अहिलेसम्म फरक फरक १० प्रशिक्षकको अधिनमा रहेर फुटबल खेलेका छन् ।

२९. रोनाल्डोले सन् २०१३/१४ को सिजनमा लगातार ११ खेलसम्म गोल गर्ने कीर्तिमान बनाएका थिए । ११ खेलमा उनले १५ गोल गरेका थिए ।

३०. रोनाल्डोले करिअरमा १२ छुट्टाछुट्टै उपाधि जितेका छन् । जहाँ युरोकप, क्लव विश्वकप, च्याम्पियन्स लिग, युरोपियन सुपर कप, स्पेनिस सुपरकप, पोर्चुंगिज सुपर कप, ला लिगा, प्रिमियर लिग, कम्युनिटी शिल्ड र इंग्लिस लिग कप छन् ।

३१. सबैभन्दा धेरै मार्जिनको जितका रुपमा सन् २०१५, डिसेम्बर २० मा रायो भालेकोनोबिरुद्धको खेलमा १०–२ गोलको जित रोनाल्डोको करिअरको सबैभन्दा ठूलो हो । ला लिगा अन्तर्गतको त्यस खेलमा उनले पनि २ गोल गरेका थिए ।

३२. च्याम्पियन्स लिगको सा् २०१३/१४ को सिजनमा रोनाल्डोले १५ गोल गरेका थिए । जुन कीर्तिमान हुन् ।

३३. रोनाल्डोले आफ्नो व्यवसायिक करिअरमा १२८ फरक प्रतिस्पर्धीसँग खेलेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey