डिभिजन टु को कन्डिसनमा युवा खेलाडीकाे साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 168 पटक हेरिएको

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टिममा सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ खेलेका ८ जना खेलाडी छन्।

१४ सदस्यीय टिममा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, आरिफ शेख, सोमपाल कामी र करण केसीले तीन वर्षअघि पनि डिभिजन–२ खेलेका थिए।

६ खेलाडीसँग भने नामिबियाको अनुभव छैन। जसमा दिलिप नाथ, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह र रोहित कुमार पौडैल पहिलो पटक नामिबियामा खेल्दैछन्। दीपेन्द्र, सन्दीप, अनिल र रोहित यू–१९ टिमका खेलाडी हुन्।

३ वर्षअघि विनोद भन्डारी, अमृत भट्टराई, नरेश बुढाऐर, भुवन कार्की, सुवास खकुरेल र सागर पुनले डिभिजन–२ खेलेका थिए। विनोद र सागर डिभिजन–२ का लागि घोषणा गरिएको प्रारम्भिक टिमबाट बाहिरिएका थिए। अमृत, भुवन र सुवास भने पछिल्लो ३ वर्षदेखि टिममा पर्न सकेका थिएनन्। नरेश डिभिजन–२ को प्रारम्भिक टिममा परेपनि अन्तिम टिममा भने पर्न सकेनन्।

३ वर्षअघि नामिबियामा नरेश र सुवासले ओपनिङ गरेका थिए। यसपटक ज्ञानेन्द्र र दिलीप नाथले ओपनिङ गर्नेछन्। दिलिपलाई विकेटकिपरको पनि जिम्मेवारी हुनेछ। गत संस्करणको डिभिजन–२ मा विनोद भन्डारीले किपिङ गरेका थिए। सोमपाल र करणले तीब्र गतिको बलिङमा निरन्तरता पाउँदा अमृतको स्थानमा ललितसिंह भण्डारी आएका छन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal