एन्फामा राजनिती, खेलाडीलाई नै थाहा थिएन खेलाडी संघको निर्वाचन छ भनेर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 149 पटक हेरिएको

अखिल नेपाल फुटवल संघको इतिहासमा पहिलो पटक महिला संघको नेतृत्व निर्वाचन हुदा पुरुष राष्ट्रिय खेलाडीको निर्वाचन भने विवादित बन्यो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार हुने भनिएको खेलाडी संघको नेतृत्व चयनका लागि पुरै दिनभर कसरत भएपनि अन्तिममा राति १० बजे निर्वाचन नै स्थगित भएको थियो ।

अध्यक्ष पदमा लागि नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङ र छैटौ दक्षिण एशीयाली खेलकुदका स्वर्ण पदक विजेता राजेश मानन्धर उम्मेदवारी दिएका थिए ।  सर्वसम्मत गराउन लामो प्रयास भएको थियो । तर अन्तिममा सफल हुन सकेन् । जसका कारण भोटिङ भएपनि मात्र ५ खेलाडीले मात्र भोट हालेका थिए ।

त्यसअघि दिउसो खेलाडीको कृर्ते हस्ताक्षर गरेको भन्दै कर्मा छिरीङको समुहले असन्तुष्टी गरेका थिए । केन्द्रिय निर्वाचनमा आफु अनुकुलको ब्यक्तिलाइ मताधिकारका रुपमा ल्याउन खेलाडी दिनभरी चहलपहल बढेको थियो ।

जसको प्रत्यक्ष शिकार राष्ट्रिय टिमका खेलाडी बने । उनीहरुले दुवै पक्ष बाट आफुहरु चेपुवामा परेको अनौपचारिक कुराकानीमा बताए ।

आफुहरुलाइ स्वतन्त्र रुपमा खेल्न दिनुपर्ने भएपनि निर्वाचनमा प्रयोग भएको गुनासो पोखे । केहि खेलाडी त आज निर्वाचन हुदैछ भन्ने पनि जानकारी नभइ एन्फा आएको उल्लेख गरे । उनीहरुले निर्वाचन छ भनेर पनि जानकारी खेलाडी संघमा तीस जना मतदाता रहेका छ ।

गणेश थापा हाल फिफाको प्रतिबन्धमा रहेपनि उनको प्रभाव एन्फामा कायमै रहेको बताइएको छ । एन्फा निर्वाचन कर्मा छिरिङ शेर्पा र गणेश थापा गरी दुइ खेमामा बाढिएको छ ।

भएको निर्वाचनले बिन्द्रा देवानको अध्यक्षतामा १३ सदस्यीय कार्य समित चयन गरेको हो । बिन्द्राले शिवानी थापा र विमला पौडेललाइ पछि पारेकी हुन् । बिन्द्राले २४, शिवानीले १३ र विमलाले पांच मत पाएका थिए । कुल ४८ मत मतदाता रहेको महिंला संघमा ४३ मत खसेको थियो ।

जसमा एक मत वदर भएको निर्वाचन आयोगले जानकारी गराएको थियो । बिन्द्रा पुर्व खेलाडी हुन भने हाल उनी राष्ट्रिय टोलीकी ब्यबस्थापन टोलीमा छिन् । अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

तीन उपाध्यक्षहरु प्रमिला श्रेष्ठ, रमा भट्टराइ र जमुना गुरुङ र्निविरोध निर्वाचित भए । आठ जना सदस्य पनि सर्वसम्मत हुदा एक जना अध्यक्षले मनोनति गर्ने प्रावधान छ । यसअघि महिला संघमा सर्वसम्मत आफुले चाहेको ब्यक्तिलाइ राखिदै आएको थियो ।

तर एन्फा महिला संघको निर्देशिकाले पुर्व खेलाडीलाइ भने बञ्चित गरेको छ । निर्देशिका अनुसार सन २०१० यता महिला फुटवलमा सक्रिय खेलाडी प्रशिक्षक, ब्यबस्थापक र फिजियोलाइ मताधिकार प्रदान गरेको छ ।
तर २०१० भन्दा अघिका खेलाडी भने संघमा आउन नसक्ने निर्देशिकामा उल्लेख छ । महिला संघ बाट केन्द्रिय निर्वाचनमा एक जनाले मत हाल्नेछन ।

उनीहरु सवै २०१० यता राष्ट्रिय टिमबाट खेलेका खेलाडी हुन् । पुरुष खेलाडी संघमा २०१० भन्दा अघि उपाधी तथा पदक विजेता मात्र सदस्य हुन पाउने ब्यबस्था छ । एन्फाको केन्द्रिय निर्वाचन चैत १७ गते हुदैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey