आखिर किन एग्युराेकाे मुखमा कालोमोसो दले म्याराडोनाले

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 317 पटक हेरिएको

माघ २२ । सर्जियो अगुएरोले आफ्नी छोरीसंग डिभोर्स गरेको रिस लेजेन्ड्री फुटबलर डिएगो म्याराडोनाले फोटोमा पोखेका छन । म्याराडोनाले म्यानचेस्टर सिटीका स्ट्राइकर छोरीसंगै रहेको एग्युराेको फोटोमा कालो मोसो दलेका छन ।

म्याराडोनाको छोरीसँग ६ वर्षअघि एग्युराेले डिभोर्स गरेका थिए । सन् २००८ मा विवाह गरेको उक्त जोडीले सन् २०१२ मा छुट्टिने निर्णय लिए ।

म्याराडोनालाई भने यो सब पचिरहेको थिएन । उनले सार्वजनिक रुपमै पनि एग्युराेबारे नराम्रो प्रतिक्रिया दिँदै आएका छन् ।

एग्युराेको म्याराडोनाको छोरीसँग वैवाहिक सम्बन्धमा रहँदा एक छोरा पनि थिए ।

म्याराडोनाले ट्विटरमा राखेको तस्बिरमा एग्युराेको भएको स्थानमा कालोमोसो लगाएको प्रष्ट देखिन्छ ।

एग्युराेले उक्त तस्बिरमा आफ्नो छोरा बेन्जामिनलाई बोकेका छन् ।

बेलायतको पत्रिका डेलिमेलले यो तस्विरमा आफ्नो अनलाइनमार्फत सार्वजनिक गरेको हो । २०१० को विश्वकपमा म्याराडोना राष्ट्रिय टिमको प्रशिक्षक हुदा एग्युराे मुख्य स्ट्राइकका रुपमा थिए ।

हाल प्रिमियर लिगको उपाधि नजिक पुगेको म्यानचेस्टर सिटीमा व्यवसायिक जीवनमा खुसी देखिएका एग्युराेले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal