रोहितको टिम प्रेसिडेन्ट कपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 191 पटक हेरिएको

रोहित चन्दको क्लब पर्सिजा जकार्ता इन्डोनेसियाको चर्चित प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहितको टिम पर्सिजाले मिट्रा कुकारलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

खेलको २० औं मिनेटमा सिमिचले  गोल गर्दै टिमलाई अग्रता दिलाए । इन्ज्युरी समयको पहिलो मिनेटमा  पर्सिजाले सिमिचको गोल मार्फत अग्रता दोब्बर बनायो  । त्यसपछि फर्नान्डो रोड्रीग्वेजले ७२ औं मिनेटमा गोल गर्दै मिट्रालाई खेलमा फर्काउने प्रयास गरेपनि ३ मिनेट बाँकी हुदा बामबाङ् पामुङ्कासले गोल गर्दै पर्सिजाको जित पक्का गरे ।

पर्सिजाले अब अर्को साता दुई लेगको खेलमा पीएसएमएस मेदानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा बाली युनाइटेड र श्रीविजय एफसी भिड्दैछन् । प्रतियोगिताको फाइनल खेल १७ फेब्रुअरीमा जकार्तामै हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey