विश्वकप छनोटको लक्ष्यसहित नामिबिया पुग्यो नेपाली टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 180 पटक हेरिएको

आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ का लागि सहभागिता जनाउन नेपाली क्रिकेट नामिविया पुगेको छ ।

करीव एक साताको युएई भ्रमणपछि नेपाली टिम आज विहान एक बजेतिर नामिबिया पुगेको हो । युएईमा नेपाली टिमले तीन अभ्यास खेल र प्रशिक्षण गरेपनि प्रतियोगिताका लागि नामिबिया ओर्लिएको छ ।

युएईबाट दक्षिण अफ्रिका हुदै नेपाली टिम नामिबिया पुगेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष चारमा पर्न नसकेपछि नेपाली टिम डिभिजन टु मा झरेको हो । यसअघि पनि नेपाली टिमले डिभिजन टु नामिवियामा खेलिसकेको छ ।

र सो बेला नेपाली टिमको प्रदर्शन खासै राम्रो रहेको थिएन । तर यसपटक नामिबियाको भुमिमा नेपाली टिमको भविष्य अड्किएको छ । टिमले शिर्ष दुईमा स्थान बनाउन सके विश्वकप छनोट खेल्न पाउने छ । यदि असफल भएमा नेपालले अर्को मौका पाउनलाई निकै लामो समय कुर्नुपर्नेछ ।

यता नेपालले एशिया कप छनोटका साथै इमर्जिङ टिम्स कप पनि खेल्नुपर्ने छ । युएईमा भएको अभ्यास पछि कप्तान पारस खड्काले आइसीसीसंग कुरा गर्दै तयारी राम्रो भएको र जुन लक्ष्य लिएका छौ त्यो पुरा गर्ने बताएका छन ।

नेपालले डिभिजन २ मा पहिलो खेल घरेलु टिमसंग नौ तारिखमा खेल्नेछ । प्रतियोगितामा नेपालसँगै नामिबिया, ओमान, युएई, क्यानडा र केन्या रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey