प्रेमिकासँग स्तानबुलमा छुट्टी मनाउँदै ओजिल

0

माघ २२ । आर्सनलसँग तीन बर्षको नयाँ सम्झौता गरेका जर्मन स्ट्राइकर मेसुत ओजिल छुट्टी मनाउन प्रेमिकासंग स्तानबुल पुगेका छन ।

आर्सनलका मिडफिल्डर ओजिलले दुई दिन अगाडीमात्र क्लवसँग साताको ३ लाख पाउण्ड पाउने गरी सम्झौता नविकरण गरेका थिए ।

त्यसपछि उनको प्रेरणादायी प्रदर्शनमा आर्सनलले एभर्टनलाई पाँच एकले हराएको थियो ।

ओजिल आफ्नी प्रेमिका एमिनी गुल्सीसँग छुट्टी मनाउन इस्तानबुल पुगेका हुन । एमिनीसंग ओजिलले इन्जेगमेन्ट गरेको बताइएको छ ।

एभर्टन विरुद्धको खेल हेर्न एनफिल्ट पुगेकी गायिका रिहानासँग ओजिलले खेलपछि फोटो पनि खिचेका थिए ।

ओजिल एक साताको छुट्टी मनाउन स्तानबुल पुगेका हुन । जुन उनकी प्रेमिका एमिनीको गृह स्थान पनि रहेको छ ।

ओजिलले इन्टाग्राममा स्तानबुलको सडकमा प्रेमिकासँगको फोटो सार्वजनिक गर्दै यो साता निकै रमाईलो हुदैछ भनेर पोष्ट गरेका थिए ।

२९ बर्षे ओजिल २०१३ मा रियाल मड्रिबाट आर्सनलमा आवद्ध भएका थिए । अहिलेसम्म उनले गनर्सको जर्सिमा एक सय ३४ खेल खेल्दा २७ गोल गरेका छन ।

Post Add 1025X115
Loading...