टिम नजितेपनि केनको प्रिमियर लिगमा १०० औं गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 340 पटक हेरिएको

माघ २२ । इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले टोटनह्यामसँग बराबरी खेलेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले दुई पटकको अग्रता जोगाउन सकेन ।

५३ हजार दर्शकमाझ भएको खेलको तेस्रो मिनेटमा नै मोहम्मद सलाहले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुल विरुद्ध ८० औ मिनेटमा भिक्टर वानयामाले गोल गर्दै खेल बराबरीमा पुरयाए ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा पुन सलाहले गोल गर्दै लिभरपुल फेरी अग्रता दिलाए ।

तर अन्तिम समयमा टोटनह्यामले पेनाल्टी पाउन सफल भयो । जसका हेरी केनले गोलमा परिणत गर्दै गुमाइसकेको अंक हासिल गरे ।

केनको इपिएलमा १०० औ गोल

केनको प्रिमियर लिगमा यो एक सयौ गोल हो । लिगमा एक सयौ गोल गरेका केनलाई उनका टिमका साथीले विशेष बुट र टिसर्ट उपहार दिएका थिए ।

केनले यो सिजन लिगमा २२ गोल गरेका छन भने कुल एक सय ४१ खेलमा सय गोल पुरयाएका छन । बराबरी पछि लिभरपुलको २६ खेलबाट ५१ अंक भएको छ भने टोटनह्यामको ४९ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey