नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगितामा खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 210 पटक हेरिएको
अखिल नेपाल लनटेनिस संघको आयोजनामा हुने नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ को मुख्य ‘ड्र’ का लागि आइतबार खेलाडी छनोट भएका छन् ।
सोमबारदेखि हुने मुख्य ‘ड्र’ का लागि समान ४–४ पुरुष÷महिला खेलाडी छनोट भएका हुन् । छनोटका लागि शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो ।
पुरुषमा पाकिस्तानका मोहमम्द नौमन अफ्ताब, भारतका भूपेन्द्र दाहिया र रुद्र कपुर तथा ताइपेईंका चिया फन साउ छानिए ।
महिलामा भारतका अर्चिता महलवाल र चरिथा पात्लोला, अमेरिकाकी रुतुजा छप्हल्कर र जापानकी कानोन यासुमोतो छनोट भए । मुख्य ‘ड्र’ मा ब्वाइज÷गल्र्सतर्फ समान २८–२८ खेलाडी छन् ।
सर्किट १ फेब्रुअरी १० तारिखसम्म चल्नेछ । सर्किट १ सकिएको २ दिनपछि सर्किट १२ फेब्रुअरीमा सुरु भइ फेब्रुअरी १७ तारिखसम्म चल्नेछ । सर्किट २ का लागि पनि छनोट हुनेछ । ब्वाइज÷गल्र्स सिंगल्स र डबल्समा खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal