खुकुरी च्यालेञ्जर्स कपमा आर्मी र केसीटीसी विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 247 पटक हेरिएको

माघ २१, काठमाडाै‌ं । काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप क्रिकेटको आइतबारका खेलमा त्रिभुवन आर्मी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीको टोलीले आआफ्नो खेलमा जित हासिल गरेका छन् ।

समूह सी अन्तर्गतको खेलमा केसीटीसीले मलपोखरी क्रिकेट क्लवलाई ९ विकेट तथा आर्मीले नेपाल क्रिकेट स्कुललाई ६ विकेटले हराएको हो ।

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा मलपोखरीले दिएको ३४ रनको झिनो लक्ष्य केसीटीसीले १ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि अदिल खानले १४ तथा सञ्जय बस्नेतले अविजित १३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलपोखरीले ९.४ ओभरमा ९ विकेट गुमाएर ३३ रनमात्र जोड्न सक्यो । मलपोखरीका एक खेलाडी अनुपस्थित भएका थिए । उसका लागि कुनै पनि खेलाडीले ५ रनभन्दा बढी बनाउन सकेनन् । मलपोखरीले अतिरिक्त १९ रन पाएको थियो ।

मलपोखरीलाई सस्तैमा समेट्न केसीटीसीका नन्दन यादवले ४ तथा सञ्जय बस्नेतले ३ विकेट लिए । यादव खेलको म्यान अफ द म्याच चुनिए ।

अर्को खेलमा नेपाल क्रिकेट स्कुलले दिएको १२३ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर १६.३ ओभरमा भेट्टायो । आर्मीका राजु रिजालले ३० बलमा ४४ रन बनाउँदा राजेश पुलामीले १९ तथा भुपेन्द्र थापाले १७ रन बनाए । राहुल विश्वकर्माले पनि अविजित ११ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल क्रिकेट स्कुलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२२ रन नाएको थियो । उसका लागि रवि शाहले ७४ रनको उत्कृष्ट पारी खेलेका थिए ।

बलिङतर्फ आर्मीका अभिनाश बोहोरा, सागर पुन र राजेश पुलामीले १–१ विकेट लिए । आर्मीका राजु रिजाल खेलको म्यान अफ द म्याच चुनिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal