धरानलाई हराउँदै दुर्गापुर बुढा सुब्बाको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 228 पटक हेरिएको

माघ २१, सुनसरी । दुई गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोली धरान फुटबल क्लव २०औं बुढासुब्बा गोल्डकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।

धरान रंगशालामा आइतबार भएको खेलमा धरान एफसी भारत कोलकाताको दुर्गापुर स्टिल एफसीसँग सडनडेथमा पराजित भएको हो ।

नियमित र अतिरिक्त समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी हुँदै सडनडेथमा पुगेको थियो ।

खेल सुरु भएको १६ मिनेटभित्र नै दुई गोलको अग्रता बनाइसकेको धरानविरुद्ध दुर्गापुरले दुई मिनेट भित्र दुई गोल फर्काउन सफल भयो ।

खेलको दोस्रो मिनेटमा नै रोमन लिम्बुले धरानका लागि गोल गर्दै अग्रता दिलाए । त्यसपछि १६ औ मिनेटमा बर्तमान राईले गोल गर्दै दुई शून्यको अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको दुर्गापुर दोस्रो हाफमा खेलमा फर्कियो ।

पाहुना टिमका लागि ७७औं मिनेटमा शाही केन्टले गोल गरेका थिए । त्यसको एकमिनेट बित्न नपाउँदै शुभम थापाले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन खेल अतिरीक्त समयमा पुगेको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा धरानले पेनाल्टीको अवसर पाए पनि निसान लिम्बुको प्रहार दुर्गापुरका गोलकिपर बचाए । सडेन डेथमा धरान चुक्न पुग्यो र पहिलो खेलबाट नै बाहिरियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal