न्यु डायमन्ड महिला भलिबलमा आयोजक र एपीएफको जित

0

न्यू डायमण्ड एकेडेमीको आयोजनामा आज देखि सुरु भएको खुल्ला राष्ट्रिय महिला भलिबलमा आयोजक टोली र एपीएफले विजयी सुरुआत गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा न्यू न्यू डायमण्डले विभागीय टिम त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।

उपाधिका दावेदार टिम न्यु डायमन्डले आर्मीबिरुद्ध २५–१३, २५–१९ र २५–१७ को सेटमा जित निकाल्यो ।

अर्को खेलमा एपीएफले पोखराको टप्स स्कुललाई पनि ३–० कै सेटमा हरायो । एपीएफले टप्सबिरुद्ध २५–१२, २५–२० र २५–१० को सेटमा जित आत्मसाथ गरेको हो ।

शनिबार सम्पन्न भएको ढोरपाटन महिला भलिबलको शीर्ष चार स्थानमा रहेका टिमले यो प्रतियोगितामा सहभागिता जनाएका छन् । सुरुमा आयोजकले शीर्ष ६ टिमलाई सहभागिता गराउने बताए पनि नेपाल पुलिस र श्रीगाँउले सहभागिता नजनाएपछि चार टिममात्र भएका हुन् ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Post Add 1025X115
Loading...