वादोकाई कराते टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 801 पटक हेरिएको

वादोकाई कराते संघ राष्ट्रिय खुला कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

नेपाल सोतोकान कराते (एसकेडियुएन) संघको आयोजनामा भएको प्रतियोगितामा वादोकाई ९ स्वर्ण १ रजत र ३ कास्यका साथ टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका महासचिव गोविन्द श्रेष्ठले जानकारी गराए ।

आयोजकको बुढानिलकण्ठ नगरपालिका २ स्थित आफ्नै प्राङ्गणमा भएको प्रतियोगितामा वादोरियो कराते डो संघ ४ स्वर्णका साथ दोश्रो र आयोजक नेपाल सोतोकान कराते (एसकेडियुएन) २ स्वर्ण हात पार्दै तेश्रो भएको थियो ।

महिला र पुरुष गरि कुमुते तर्फ १४ र ब्यक्तिगत काता तर्फ २ गरि १६ स्वर्ण पदककका लागि भएको प्रतियोगिताको कुमुते महिला तर्फ विनिता चपाईं र पुरुष तर्फ कुसाङ्ग लामा तथा काता तर्फ महिलामा गिता सुनुवार र पुरुषमा प्रेम चौधरी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतियोगिताको अनुशासित टिममा नेपाल सोतोकान कराते (एनएसकेए) संघ घोषित भयो ।

प्रमुख अतिथी प्रतिनिधी सभाका माननिय साँसद गगन थापाले उद्घाटन गरेको प्रतियोगितामा विजयी खेलाडीहरुलाई बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्ला, संघ र डोजोका गरि २२० खेलाडीहरुले १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

सोही प्रतियोगिताका दौरान नेपाल सोतोकान कराते संघले रेफ्रि सेमिनार समेत गरेको थियो । जसमा कराते संग आवद्ध २१ निर्णायकहरुले सहभागिता जनाएका थिए । निर्णायकहरुलाई रेफ्रि संयोजक श्याम शेर्पा, गोविन्द श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey