लेभान्टेले रियललाई बराबरीमा रोक्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 120 पटक हेरिएको

माघ २१ । साविक विजेता रियल मड्रिडले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा शनिबार राति लेभान्टेसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

यो सिजन ला लिगामा निक्कै खराव लयमा देखिएको रियलको यो लिगमा छैटौं बराबरी हो ।

खेल सुरु भएको ११औं मिनेटमै पाहुना टोली रियलले टोनी क्रुजको पासमा सर्जियो रामोसको गोलमार्फत अग्रता बनाएको थियो ।

तर, पहिलो हाफ सकिनु ३ मिनेटअघि घरेलु टोलीका लागि बोटिङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा १–१ मा सकिएपछि दोस्रो हाफमा पनि लेभान्टेले रियललाई दवावमै राख्न सफल भएको थियो । तर, ८३औं मिनेटमा करिम बेञ्जेमाको पासमा इस्कोले रियललाई पुनः अग्रता दिलाए ।

खेल सकिनु १ मिनेटअघि जियामपाउलो पाजिनीले गोल गरेपछि रियल अंक बाड्न बाध्य भयो ।

लेभान्टेबिरुद्धको खेलमा पनि रियलको सुपरस्टार क्रिष्टियानो रोनाल्डो निस्प्रभावी देखिए । उनलाई खेलको ८२औं मिनेटमा सब्सिच्युड गरिएको थियो । मार्को एसेन्सियो सब्सिच्युड गरेका उनी बाहिर निस्कन लाग्दा रिसाएको देखिएका थिए ।

बराबरीपछि रियल मड्रिडको ३८ अंक भएको छ भने एक खेल बढी खेलेको शीर्ष स्थानको बार्सिलोनाको ५७ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey