सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सुदूरपश्चिमले जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 280 पटक हेरिएको

माघ २०, रामेछाप । तेस्रो रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रले जितेको छ ।

शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तिद्वीप युवा क्लबले खराव प्रकाशका कारण खेल्न नमानेपछि सुदूरपश्चिमाञ्चललाई बिजयी घोषित गरिएको हो ।

शान्तिद्वीपले खेल त्याग्दा अन्तिम तथा निर्णायक सेट सुदूरपश्चिमाञ्चलले १२–९ को अग्रता लिएको थियो ।

त्यसअघि शान्तिद्वीपले पहिलो सेट र तेस्रो सेट क्रमसः २८–२६ र २५–२१ ले जितेको थियो भने सुदूरपश्चिमाञ्चलले दोस्रो सेट १५–२५ तथा चौथो सेट १७–२५ ले जितेको थियो ।

आयोजकले बारम्बार मैदानमा प्रबेश गरी खेल्न अनुरोध गर्दा समेत शान्तिद्वीपका खेलाडी नमानेपछि आयोजकले रेफ्रिको सल्लाहमा सुदूरपश्चिमाञ्चललाई विजयी घोषित गरेको हो ।

सुदूरपश्चिमाञ्चलले उपाधिसहित १ लाख ५० हजार प्राप्त ग¥यो । शान्तिद्वीपले एक लाखमा चित्त बुझायो ।

प्रतियोगितामा मन्थली युनाइटेड समाजले तेस्रो स्थान हात पा¥यो । शनिबारनै भएको खेलमा नेपाल लोकतान्त्रीक खेलकुद संघलाई बेष्ट अफ फाइभको अन्तिम सेटमा पराजित गर्दै मन्थली यूनाइटेडले तेस्रो स्थान पक्का बनाएको हो ।

मन्थली यूनाइटेडले लोकतान्त्रीक खेलकुद संघलाई २५–२२, १७–२५, २५–२३, २५–२८, १५ – ९ ले पराजित ग¥यो । तेस्रो स्थानसँगै मन्थली यूनाइटेडले ५० हजार पुरस्कार पायो भने चौथो भएको लोकतान्त्रिकले ३५ हजार पुरस्कार पायो ।

प्रतियोगितामा सुदूरपश्चिमाञ्चलका तारा भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार प्राप्त गरे ।

प्रतियोगितामा नेपाल लोकतान्त्रीक खेलकुद संघका मिलन मल्ल उत्कृष्ट स्पाइकर, मन्थली युनाइटेड समाजका राजकुमार थापा उत्कृष्ट ब्लकर, शान्तिद्वीप युवा क्लबका घनश्याम चौधरी उत्कृष्ट सर्भर, सुदूरपश्चिमाञ्चलका दिनेश गिरी उत्कृष्ट सेटर, सुदूरपश्चिमाञ्चलका बिनोद चन्द उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमाञ्चलकै अशोककुमार भट्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट घोषित सबै खेलाडी र प्रशिक्षकले जनही पाँच÷पाँच हजार प्राप्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey