खुकुरी कप क्रिकेटमा रोयल फाइटर र बालुवाटारको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 224 पटक हेरिएको

माघ २०, काठमाडाैं । काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप क्रिकेट अन्तर्गत शनिबार भएका खेलहरुमा रोयल पीसी फाइटर र बालुवाटार क्रिकेट एकेडेमीले आआफ्नो खेलमा जित हासिल गरेका छन् ।

समूह बी अन्तर्गतको खेलमा रोयल फाइटरले लर्ड बुद्ध क्रिकेट क्लवलाई ८ विकेट र बालुवाटारले इञ्जिनियरिङ क्याम्पस पुल्चोकको टोलीबिरुद्ध १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लर्डबुद्धले १३.४ ओभरमा अलआउट हुँदै मात्र ६६ रन बनायो । उसका लागि अनुप श्रेष्ठले १३ तथा पवेन्द्र राजभण्डारीले १० गरी दुई खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । बलिङमा रोयलका मेहवुव आलमले ४ तथा दिपेश खत्रीले ३ विकेट लिए ।

६७ रनको लक्ष्य रोयलले २ विकेट गुमाएर ८.५ ओभरमै पूरा गरेको थियो । उसका लागि ओपनर रविन जोशीले ४३ रनको अविजित पारी खेले । मेहवुव आलम खेलको म्यान अफ द म्याच चुनिए ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुल्चोक क्याम्पसले १९.५ ओभरमा अलआउट हुँदै ८६ रन बनायो । उसका लागि अमननाथ मण्डलले सर्बाधिक ३० रन बनाएका थिए । पुल्चोकका ५ खेलाडी रनआउट भएका थिए ।

८७ रनको लक्ष्य भेट्टाउन बालुवाटारलाई धौ–धौ परेको थियो । उसले इनिङको अन्तिम बलसम्म खेलेर ९ विकेट गुमाउँदै झिनो जित आत्मसाथ गरेको हो । बालुवाटारका लागि अमरसिंह रौतेलाले सर्बाधिक २३ तथा क्षितिज सिंहले १३ रन बनाएका थिए । बालुवाटारले १४ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ पुल्चोकका सुयास अर्यालले ३ तथा चिरञ्जीवी पाण्डे तथा नवराज न्यौपानेले २÷२ विकेट लिए पनि टिमको हार टार्न सकेनन् । बालुवाटारका क्षितिज सिंह खेलको म्यान अफ द म्याच चुनिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey