सातोकान करातेको अध्यक्षमा धिर्जेमान निर्वाचित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 243 पटक हेरिएको

माघ २०, काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेडियुएन)को अध्यक्षमा धिर्जेमान तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

संघको दोश्रो साधारण सभाले तामाङको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । तामाङ यसअघि संघको कार्यसमिति महासचिवका साथै प्रमुख प्रशिक्षकसमेत हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा बद्रीबहादुर महत, उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ र नारायण खड्का निर्वाचित भए । साधारण सभाले संघको महासचिवमा गोविन्द श्रेष्ठ, सचिवमा पवन कुमार थापा, कोषाध्यक्षमा बसुन्धरा तामाङलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा राजेश लामा तामाङ, नविन राई, पूर्णबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, रीता लामा तामाङ, बालकृष्ण पण्डित, नीरबहादुर घलान, छोङसाङ लामा र टीकानारायण श्रेष्ठ रहेका छन् ।

सवै कार्य समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

विययी सदस्यहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य मानबहादुर न्यौपानेले प्रमाण पत्र वितरण गरेका थिए । यस्तै नयाँ निर्वाचित कार्य समितिका सदस्यहरुलाई निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद खेलकुद विकास विभागका अधिकृत चन्द्रकुमार राईले सपथ दिलाएका थिए ।

कार्यसमितिको आजै बसेको बैठकले समितिको प्रमुख सल्लाहकारमा मानबहादुर न्यौपाने, सल्लाहकारमा पूर्व अध्यक्ष रामकृष्ण महर्जनलाई चयन गरेको छ ।

साधारण सभामा १६ जिल्लाका ३२ र कार्यसमितिका १८ गरी ५० जना प्रतिनिधिको सहभागिता थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey