दक्षिण अफ्रिकालाई अर्को तनाव, चोटका कारण डुप्लिसिसले बाँकी खेल गुमाउने

0

माघ २०। भारत विरुद्धको पहिलो एकदिवसिय खेलमा हार ब्यहोरिसकेको दक्षिण अफ्रिकालाई अर्को झट्का लागेको छ ।

कप्तान फाप डुप्लिसिसको औला भाँचिएका कारण बाँकी पाँच एकदिवसिय खेलबाट बाहिर भएका छन ।

भारत विरुद्धको पहिलो एकदिवसिय खेलमा सतक प्रहार गरेका डुप्लिसिसले बाँकि पाँच एकदिवसिय र टी–२० श्रृंखला गुमाउने भएका छन ।

दक्षिण अफ्रिकी क्रिकेट संघले जनाएअनुसार उनिलाई ३ देखि ६ साताको आराम चाहिएको बताएको छ । यसका साथै उनले अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंला पनि गुमाउन सक्ने सम्भावना बढेको छ ।

उनको स्थानमा फरहान बेहर्दिनलाई टिममा राखिएको छ । साथै अर्का खेलाडी एवी डिभिलियर्स पनि चोटका कारण टिमबाट बाहिर भएपछि उनको स्थानमा हेनरीच क्लासिनलाई टिममा बोलाइएको छ ।

Post Add 1025X115
Loading...