यू-१९ विश्वकप फाइनल, अष्ट्रेलिया ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 225 पटक हेरिएको

न्युजिल्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटका लागि अहिले चीरप्रतिद्वन्द्वी भारत र अष्ट्रेलिया आमनेसामने हुँदैछन । जसमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

न्युजिल्याण्डको बे ओभलमा अन्डर नाइन्टिन विश्वकप इतिहासकै सबै भन्दा सफल दुई टिम टिम विच हुने प्रतिस्पर्धामा १ ले इतिहास रच्नेछ । दुबै टिमले अहिलेसम्म तीन तीन पटक प्रतियोगिताको उपाधि जितिसकेका छन ।

यो प्रतियोगितामा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन भने समग्रमा उनीहरुको छैटौं भिडन्त हो । प्रतियोगिताको पहिलो खेलमा नै भारतले अष्ट्रेलियालाई १०० रनले हराएको थियो ।

प्रतियोगितामा भारत अपराजित एक्लो टिम हो । अष्ट्रेलियाले २० बर्ष यता यू–१९ विश्वकपमा भारतलाई हराउन सकेको छैन । अन्तिम पटक यो प्रतियोगितामा अष्ट्रेलियाले १९८८ र १९९८ को विश्वकपमा हराएको थियो ।

भारतले यू–१९ विश्वकपको उपाधि सन् २०००, २००८ र २०१२ मा जितेको थियो । यस्तै अष्ट्रेलियाले १९९८, २००२ र २०१० मा जितेको थियो । यो प्रतियोगितामा अष्ट्रेलियन बलरको आक्रमण भारतका ब्याट्सम्यानका लागि चुनौती हुनेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey