आहा राराको उपाधि भिडन्त आज, कसले मार्ला बाजी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 159 पटक हेरिएको

माघ २०, कास्की । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १६औं संस्करणको उपाधिका लागि आज नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमनेसामने हुँदैछन ।

पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

दाङमा भएको राखेप च्याम्पियनसिपको उपाधि जितेको पुलिसले आजको फाइनल जितेमा सिजनको दोस्रो उपाधि हुनेछ । युवा खेलाडीले भरिएको पुलिसले सेमिफाइनलमा धरान फुटबल क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो ।

यता राम्रो फर्ममा देखिएको थ्रिस्टारका लागि पनि यो सिजन दोस्रो उपाधि हुनेछ । नेपालको सर्वाधिक पुरस्कार राशि रहेको इटहरी गोल्डकपको उपाधि जितेको थ्रिस्टारले सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५–० को भारी अन्तरले पराजित गरेको थियो

नेपाल पुलिस क्लबलाई खेलाडीका रुपमा धेरै उपाधि जिताएका अनन्त थापा अहिले प्रशिक्षकका रुपमा छन् । युवा र अनक्याप्ड खेलाडीले भरिएको पुलिस टिमले उनकै पशिक्षणमा शानदार प्रदार्शन गर्दै फाइनलमा पुगेको छ ।

एक सताअघि इटहरीमा भएको मदन भण्डारी स्मृति गोल्डकपको उपाधि उचालेको थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले पनि आफ्नो टिमसन्तुलित रहेकाले आज जित्नका लागि खेल्ने बताए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey