हेटौंडामा कवर्डहल शिलान्यास, ४ महिनामा तयार हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 289 पटक हेरिएको

माघ १९, मकवानपुर । यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी केन्द्रीय खेलकुद प्रतिष्ठान हेटौंडामा कर्भडहलको शिलान्यास भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले हलको शिलान्यास गरेका हुन् ।

मार्सल आर्टका सवै खेलहरुको अभ्यास हुने गरी कर्भडहल निमार्ण गर्न लागिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

१५० फिट लम्वाई र ६० फिट चौडाइको हल निमार्णका लागि करिव १ करोड लागत अनुमान गरिएको छ ।

आगामी जेठ महिनावाट एशियन गेममा सहभागि हुने तीन टीमका खेलाडीहरुलाई गौरिटारमा निमार्ण भएको होष्टलमा राखेर अभ्यास गर्ने ठाउँका लागि कभर्डहल निर्माण गर्न लागिएको सदस्य सचिव विष्टले जानकारी दिए ।

निमार्ण हुँदै गरेको केन्द्रीय प्रतिष्ठानमा अब स्पोर्टस युनिभर्सिटीका रुपमा प्रस्ताव गरिएको जानकारी दिँदै सदस्यसचिव विष्टले सरकारले छिट्टै बजेट बिनियोजन गर्ने विश्वास ब्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal