आई लिगमा किरणको टोली मिनर्भा पञ्जाव पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 318 पटक हेरिएको

माघ १९, काठमाडौं । भारतीय घरेलु फुटबल लिग आई लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको टोली मिनर्भा पञ्जावले दोस्रो पराजय ब्यहोरेको छ ।

गत मंगलबार ईष्ट बंगाालसँग २–२ गोलको बराबरी खेलेको मिनर्भाले आज भएको खेलमा चर्चिल ब्रदर्शसँग २–१ गोलको पराजय ब्यहारेको हो ।

खेलको १७औं मिनेटमा चर्चिल ब्रदर्शले पेनाल्टीमार्फत गोल गरेको थियो । मिनर्भाका सुकदेव सिंहले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा चर्चिलका कोफी मेचाकले गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्यूरी समयमा दावडा सिसेको पासमा वायन भाजले चर्चिल ब्रदर्शको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा मिनर्भाले खेलमा फर्कने प्रयास गरे पनि जित हासिल गर्न भने सकेन । ५७औं मिनेटमा छेल्चोन ग्याल्थेनको पासमा कासिम अइदाराले गोल गरेर अग्रता कम गरेका थिए । त्यसयता दुवै टोलीले गोल गर्न सकेन र खेल चर्चिल ब्रदर्शले जित्यो ।

पराजयका बाबजुत मिनर्भा लिगमा अंकतालिकाकाे शीर्ष स्थानमा यथावत छ । उसकाे १२ खेलबाट २६ अंक छ । किरण अनुबन्धित भएपछि मिनर्भाले एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey