तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 175 पटक हेरिएको

माघ १९ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा युएई ‘ए’ सँग ६४ रनले पराजित भएको छ ।

२१६ रनको लक्ष्य पछ्याएको नेपालले ३८.५ ओभरमा १५१ रनमै समेटिएपछि युएई ए को ६४ रनको जित निश्चित भयो ।

नेपालको इनिङ सुरुआतदेखि नै धर्मराएको थियो । ओपनर दिलिप नाथ खाता नखोली पेविलियन फर्केपछि आएका शरद भेषावकरले पनि नेपालका लागि १ रनमात्र जोड्न सके ।

अर्का ओपनर ज्ञानेन्द्र मल्लले २४ रन बनाए भने कप्तान पारस खड्काले ४१ रन बनाएपछि टिमले हार टार्न सकेन।

यसअघि युएईको ग्लोबल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा ८ विकेट गुमाउँदै २१५ रन बनायो । नेपालका कसिलो बलिङसामू सुरुआतदेखि दबावमा रहेको युएई ११ टिमका लागि चिराग सुरीले सर्वाधिक ८५ रन बनाए । यस्तै अली मिर्जाले ४२ तथा इतिकर रहमानले ३३ रनको योगदान गरे ।

यस्तै फवाद नवाजले १७ र सक्लिन हैदरले १३ रन जोडे । बलिङ तर्फ नेपालका सोमपाल कामीले ३ तथा ललीत भण्डारीले २ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र सन्दिप लामिछानेले १–१ विकेट हात पारे ।

युएईमा अभ्यासखेल र प्रशिक्षक सकिएपछि नेपाली टोली आइतबार नामिविया प्रस्थान गर्नेछ ।

माघ २५ देखि फागुन ३ सम्म नामिवियामा डिभिजन टू क्रिकेट आयोजना हुँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेल नामिवियासँगै खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey