विन्टर ओलम्पिकमा १ लाख बढी कण्डम वितरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 179 पटक हेरिएको

माघ १९ । अर्को सातादेखि दक्षिण कोरीयाको पियाेङचाङमा हुने विन्टर ओलम्पिकमा खेलाडी बस्ने ओलम्पिक भिलेजमा आयोजकले १ लाख १० हजार कन्डम उपलब्ध गराएको छ ।

फेब्रेवरी ९ तारिखमा उदघाटन हुने प्रतियोगिताका लागि खेलाडी पेङयोङ पुग्ने क्रम सुरु भइसकेको छ । जसमा भिलेजमा आयोजकले १ लाख १० हजार कन्डम उपलब्ध गराएको अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

यो विन्टर ओलम्पिकमा उपलब्ध गराएको कण्डमको सख्या सोची ओलम्पिक भन्दा झण्डै १० हजार बढी हो । सो बेला आयोजकले एक लाख कण्डम ओलम्पिक भिलेजमा राखेको थियो ।

यो विन्टर ओलम्पिकमा कुल २ हजार ९२५ खेलाडी ओलम्पिक भिलेजमा बस्नेछन । यसअघि रसियाको सोचीमा भएको ओलम्पिकमा अहिलेको भन्दा मात्र १०० कम खेलाडी थिए ।

आयोजकले भिलेजमा विथ गुडविल नामक स्लोगन सहित कण्डम राखेको छ ।

कण्डम वितरण गरिएका ओलम्पिक

१९८८– एचआइभी रोगबाट बच्न सकिन्छ भनेर पहिलो पटक सियोलमा भएको गृष्मकालीन ओलम्पिकमा कण्डमको प्रयोग गरिएको थियो । तर सो बेला कति कण्डम प्रयोग गरिएको थियो त्यो खुलाइएको छैन ।

१९९४– नर्वेमा भएको विन्टर ओलम्पिकमा एड्सको जनचेतनाका लागि सित्तैमा कण्डमा बाढेको थियो । सो बेला पनि कति कण्डम बाढिएको थियो त्यो भने एकिन छैन ।

२०००– अष्ट्रेलियाको सिड्नीमा भएको समर ओलम्पिकमा ओलम्पिक भिलेजमा ९०,००० कण्डम राखिएको थियो ।

२०१०– ब्रिटिस कोलम्बियाको भ्यानकुभरमा भएको विन्टर ओलम्पिकमा खेलाडी र अफिसियल बसेको भिलेजमा १ लाख कण्डम राखिएको थियो ।

२०१६– ब्रजिलको रियो दी जेनेरियामा भएको रियो ओलम्पिकमा कुल ४ लाख ५० हजार कण्डम प्रयोग भएको थियो । प्रतियोगितामा सहभागि खेलाडी र पदाधिकारीको सख्याका हिसावले एक जनाले ४२ वटा कण्डम प्रयोग गरेको तथ्याङक बाहिर आएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey