दक्षिण अफ्रिका विरुद्ध भारतको जित, कोहलीको फेरी सतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 156 पटक हेरिएको

दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसिय खेलमा भारत ६ विकेटले विजयी भएको छ । जितसंगै भारतले ६ खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ ।

डर्वनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा ८ विकेट गुमाउदै २६९ रन बनाएको थियो ।

उसका लागि कप्तान फाफ डुप्लिसिसले सतकिए पारी खेले । उनले ११२ बलमा ११ चौका र २ छक्काको मद्दतले १२० रन बनाए ।

यस्तै क्रिस मोरीसले ३७ र क्विन डी ककले ३४ रन थपे । बलिङ तर्फ भारतका कुलदिप यादवले ३ तथा युज्विन्द्र चाहलले २ विकेट लिए ।

जवाफमा भारतले कप्तान विराट कोहलीको ११२ रनको मद्दतले ४५ ओभर ३ बलमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

भारतको जितेमा विराटनले ११९ बलमा १० चौकाका साथ ११२ रन बनाए । यस्तै अजिन्क्या राहानेले ७९, शिखर धवनले ३५ र रोहित शर्माले २० रन बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey