बार्सिलोनाको जितमा स्वारेजको गोल निर्णायक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 136 पटक हेरिएको

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना भ्यालेन्सिया विरुद्ध एक शुन्यले विजयी भएको छ ।

घरेलु मैदान क्याम्प नोउमा करीव ५१ हजार दर्शकमाझ भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेजको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ६७ औ मिनेटमा लुइस स्वारेजले उत्कृष्ट गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

जुन गोल बार्साका लागि अन्तिम सम्म जितका लागि प्रयाप्त बन्यो । जितसंगै बार्सिलोनाले एक गोलको अग्रता बनाएको छ । अब दोस्रो लेग भ्यालेन्सियाको मैदानमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal