ढोरपाटन भलिबलमा एपीएफको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 206 पटक हेरिएको

माघ १८, काठमाडौं । १३औं ढोरपाटन महिला डवल लिग भलिबल प्रतियोगितामा साविक विजेता एपीएफ क्लवले दोहोरो जित हासिल गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा एपीएफले दुवै खेलमा त्रिभुवन आर्मीलाई हरायो ।

गत साता वर्षाका कारण स्थगित भएको पहिलो लिगको खेलमा एपीएफले आर्मीबिरुद्ध २५–१२, २५–२० र २५–१९ को सेटमा जित निकाल्यो ।

दोस्रो लिग अन्तर्गतको खेलमा पनि एपीएफ २५–१४, २५–१६ र २५–१८ को सेटमा विजयी भयो । खेलमा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी बनिन् ।

दोस्रो लिग अन्तर्गतको अन्य खेलमा न्यू डायमण्ड एकेडेमीले पोखराको टप्स स्कुलको टोलीलाई २५–२०, २५–२३ र २५–८ ले हरायो । खेलमा न्यू डायमण्डकी ललिता नाथ प्लेयर अफ द म्याच बनिन् ।

अर्को खेलमा नेपाल पुलिसले मेघौली स्पोर्ट क्लवलाई ३–० को सेटमा हराउँदा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच बनिन् । मेघौलीले आजको दोस्रो हार व्यहोर्ने क्रममा दाङको श्रीगाउँ खेलकुद बिकास समितिको टोलीसँग पनि तीन शून्यकै सेटमा पराजित भयो । त्यस खेलमा दाङकी भावना डाँगी प्लेयर अफ द म्याच बनिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey